काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा ट्युनिसियालाई ३–१ ले पराजित गर्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ। यस जितसँगै नेदरल्याण्ड्सले ७ अंक जोड्दै शीर्षस्थान सुरक्षित गरेको हो।
खेलको तेस्रो मिनेटमै ट्युनिसियाका एलिस स्किरीको आत्मघाती गोलबाट अग्रता बनाएको नेदरल्याण्ड्सका लागि सातौँ मिनेटमा ब्रायन ब्रोबीले दोस्रो गोल थपे। दोस्रो हाफमा ट्युनिसियाका हाजेम मस्तौरीले एक गोल फर्काए पनि ६३औँ मिनेटमा जान पाउल भान हेकेले गोल गर्दै नेदरल्याण्ड्सको जित सुनिश्चित गरे।
यता समूहकै अर्को खेलमा जापान र स्वीडेन १–१ को बराबरीमा रोकिए। त्यससँगै जापान दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो भने स्वीडेन उत्कृष्ट तेस्रो टोलीमध्ये एकका रूपमा अर्को चरणमा प्रवेश गर्न सफल भयो। लगातार तीन हार बेहोरेको ट्युनिसियाको भने विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ।





