काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।

प्रतिनिधि छनोटको विवाद समाधान गर्ने सम्पूर्ण जिम्मेवारी सभापति रवि लामिछानेलाई सुम्पिएर नेताहरूले बन्दसत्र अगाडि बढाएका हुन्। बन्दसत्रमा रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबाहेक अरु सबै सहभागी छन् । प्रधानमन्त्री शाह पनि आउने क्रममा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

ADVERTISEMENT

बन्दसत्रलाई सभापति लामिछानेले संक्षिप्त सम्बोधन गर्दै उद्घाटन गरेका छन् । उनले पहिलो महाधिवेशन भएकाले केही कमीकमजोरी भएको स्वीकार्दै माफीसमेत मागे । सभापति लामिछानेले आर्थिक रूपले कमजोर प्रतिनिधिलाई प्रवेश शुल्क पाँच हजार स्वेच्छिक बनाएको घोषणा गरे । सक्ने प्रतिनिधिले बुझाउन र नसक्नेले फिर्ता लैजान उनले निर्देशन दिए ।

केही ढिला भए पनि रास्वपाको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

‘यति ठूलो महाधिवेशन गर्न केही कमीकमजोरी भएकै छन् । यी सबैको बाबजुद पनि हामीलाई निर्वाचनमा मत दिएर जिताएका ५२ लाख मतदाताको सपना पूरा गर्नुपर्ने छ । त्यही भएर हिमालदेखि तराईबाट आउनुहुने प्रतिनिधि साथीहरूले केही समय धैर्यधारण गरेर भए पनि महाधिवेशन सफतापूर्वक सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ,’ लामिछानेले भने ।