काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित फिस्टेल लज र जगतपुर लजमा बैंकका ग्राहकहरूले विभिन्न सेवा तथा सुविधामा विशेष सहुलियत प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरूले उक्त लजहरूमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने आवासीय सेवामा कर्पोरेट शुल्कको लाभ लिन सक्नेछन्।

ADVERTISEMENT

यस सुविधा प्राप्त गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई थप सुविधा प्रदान हुनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन मिल्ने र नगदरहित कारोबार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

ADVERTISEMENT