काठमाडौं । राप्रपा सचेतक खुश्वु ओलीले नेपालको भूमि भारतले मिचेको हो भनेर रास्वपा सांसदलाई हस्ताक्षर संकलन गर्न सुझाव दिएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै ओलीले सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको भनेर हस्ताक्षर सुरु गरोस् र त्यसमा अन्य दलले पनि हस्ताक्षर गर्न प्रस्ताव गरेकी छन् । यसबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ ।
ओलीले करका दर हेरफेरबारे सूचना चुहाएर अर्थमन्त्री स्वर्णिम वाग्लेले गम्भीर आरोप लगाउँदै उनीमाथि छानबिन गर्न माग गरिन् । अघिल्लो सरकारका पालामा विपक्ष्रमा हुँदा वाग्लेले समिति गठन गरेर चोख्याउने गरेको भन्ने गरेकामा अब आफूविरुद्ध छानबिन समिति गठन गर्न चुनौती दिइन् ।










