काठमाडौं । प्रतिनिधिसभामा सोमबारको बैठकमा विपक्षी दलहरुको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।
विपक्षी दलहरुले अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल–भारत सीमाबारे बोलेको विषयलाई लिएर सोमबार विपक्षी दलहरुले संसद् बैठकमा अवरोध जारी राखेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेनले यो विषयमा माफी माग्नुपर्ने र संसदको रेकर्डबाट अभिव्यक्ति हटाउनुपर्ने अडान राखेका छन् ।
सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरु हटाएर दूरी बढाइएको हो। आइतबारको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरु रोष्ट्रममै पुगेका थिए।
उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए। विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो।













