काठमाडौं । मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्नका लागि नेकपा एमालेकी सांसद दीपा शर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो ।

ADVERTISEMENT

उपसमितिलाई काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न समय दिइएको छ ।

ADVERTISEMENT

उपसमितिमा सांसदहरू ज्ञानु बस्नेत सुवेदी, डा। तोसिमा कार्की, विनिताकुमारी सिंह, महेन्द्रकुमार राय, प्रभु हजारा र लीलादेवी लिम्बु सदस्य रहेका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको प्रस्तावित विधेयकमा सञ्चार क्षेत्रमा हुने लगानीको स्रोत खोजिने लगायतका प्रावधान छ ।  प्रस्तावित विधेयकको १८ मा यस सम्बन्धी व्यवस्था छ ।

सञ्चार संस्थाले आफ्नो व्यावसाय वा लगानी गरेको संस्थासँग सम्बन्धित समाचार, लेख वा रचना प्रकाशन वा प्रसारण गर्दा त्यस्ता सामग्रीहरु आफ्नो लगानी रहेको क्षेत्रसँग सम्बन्धित भएमा सर्वसाधारणले देख्न, पढ्न वा सुन्न सक्ने गरी तोकिए बमोजिम जानकारी ९डिस्क्लेमर० गराउनुपर्नेछ’ दफा १८ को उपदफा २ मा छ ।