काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट घोषणाको तयारी गरिरहँदा शेयर बजार भने सुस्त देखिएको छ ।

लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा बस्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । बजेट घोषणा अघिको अन्तिम साता तीन कार्यदिन मात्र खुला रहेको नेप्से दुई दिन उकालो लागेर एक दिन घटेको थियो । तर यसले शेयर बजार परिसूचक नेप्से एवं कारोबार रकममा खासै सकारात्मक परिवर्तन ल्याउन सकेन ।

ADVERTISEMENT

दुई दिन नेप्से बढे पनि कारोबार रकम उल्लेख्य रूपमा बढ्न सकेन । सोअनुसार यो साता नेप्से परिसूचक दुई हजार ७८२ दशमलव १० बिन्दुमा सीमित हुन पुग्यो भने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि चार सय ७५ दशमलव ५१ बिन्दुमा सीमित हुन पुग्यो ।

तीन कार्यदिन मात्र खुलेको नेप्सेमा यो साता तीन सय ५४ वटा कम्पनीहरूको शेयर कारोबार भएको छ । जसअनुसार एक लाख ८९ हजार एक सय ६९ पटकको कारोबारमा चार करोड १६ लाख ६२ हजार दुई सय ४१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ८७ करोड नौ लाख २१ हजार छ सय १२ रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा करिब एक अर्ब रुपैयाँले कम हो । गत साता नेप्सेमा तीन सय ४८ वटा कम्पनीहरूको शेयर कारोबार भएको थियो । जसअनुसार दुई लाख ३० हजार चार सय पाँच पटकको कारोबारमा तीन करोड ६० लाख ९० हजार आठ सय ४२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १७ अर्ब ७५ करोड ६४ लाख ४० हजार आठ सय ५८ रुपैयाँ पुगेको थियो ।

यो साता पहिलो र तेस्रो दिन उकालो लागेको नेप्से दोस्रो दिन ओरालो लागेको थियो भने बाँकी दिनहरूमा सार्वजनिक बिदा परेकाले नेप्से बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको विश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २७ दशमलव ८५ अंकले उकालो लागेर दुई हजार ७८६ दशमलव ३५ बिन्दुमा पुगेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ८५ अंकले बढेर चार सय ७५ दशमलव ७४ बिन्दुमा पुगेको थियो ।

दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक नौ दशमलव २४ अंकले ओरालो लागेर दुई हजार ७७७ दशमलव १० बिन्दुमा झरेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले घटेर चार सय ७४ दशमलव २९ बिन्दुमा सीमित भएको थियो ।

तेस्रो दिन बुधबार भने नेप्से परिसूचक चार दशमलव ९९ अंकले उकालो लागेर दुई हजार ७८२ दशमलव १० बिन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले बढेर चार सय ७५ दशमलव ५१ बिन्दुमा पुगेको थियो । चौथो र पाँचौँ दिन सार्वजनिक बिदा परेकाले नेप्से बन्द रहेको थियो ।

यो साता आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्सलगायत कम्पनीहरूको बढी रकम कारोबार भएको छ । कारोबार भएको शेयर संख्याको आधारमा पनि यी कम्पनीहरू अगाडि देखिएका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेका छन् ।

दैनिक सेयर कारोबार तालिका 

(श्रोत: नेपाल स्टक एक्सचेन्ज लिमिटेड