काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला, सागपात तथा माछाको मूल्य सूची सार्वजनिक गर्दै बजार मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, सानो लोकल गोलभेँडा ६५ रुपैयाँ तथा टनेल गोलभेँडा ७८ रुपैयाँ कायम गरिएको छ। आलु रातो लाम्चो प्रतिकिलो ३० रुपैयाँ, गोलो आलु २५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ३८ रुपैयाँ तोकिएको छ।

ADVERTISEMENT

तरकारीतर्फ गाजर ६० रुपैयाँ, बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो मूला ७७ रुपैयाँ र हाइब्रिड सेतो मूला २० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। घिउ सिमी, भिन्डी, लौका, परवर, घिरौँला, फर्सी तथा स्कुसलगायतका तरकारीको मूल्य पनि सार्वजनिक गरिएको छ।

ADVERTISEMENT

सागपाततर्फ पालुङ्गो र चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ तथा मेथीको साग १०० रुपैयाँ तोकिएको छ। च्याउमध्ये कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, कागती २८० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ तथा अनार प्रतिकिलो ४५० रुपैयाँ तोकिएको छ। हरियो अङ्गुर ३२० रुपैयाँ, कालो अङ्गुर ४५० रुपैयाँ तथा एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ कायम गरिएको छ।

ADVERTISEMENT

मसला तथा अन्य सामग्रीतर्फ अदुवा प्रतिकिलो १८० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ तथा चाइनिज लसुन २०० रुपैयाँ तोकिएको छ। माछातर्फ रहु माछा प्रतिकिलो ३३० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ तथा छडी माछा २६० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

कालीमाटी बजार विकास समितिले दैनिक बजारको माग र आपूर्तिअनुसार मूल्य निर्धारण गरिने जनाएको छ।