काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बिहीबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन् ।

ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गरे । एन्फाले फिफाको सहयोगमा यो कार्यक्रम गरेको हो ।