काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले)का सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।बिहीबार जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अम्बिका बस्नेत र पक्राउ परेकी शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यस्तै, अन्य आठ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको अदालत स्रोतले जनाएको छ।उनीहरूविरुद्ध  जानुका पाठक (शोभा)ले दिएको ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

ADVERTISEMENT

अदालतको आदेशअनुसार गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सविना केसी, कमला बस्नेत र निता खत्री जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्ने भएका छन्।

ADVERTISEMENT

उक्त प्रकरणमा अदालतले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनु नपर्ने ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।मुद्दाको थप सुनुवाइ अदालतमा नियमित प्रक्रियाअनुसार अघि बढ्ने जनाइएको छ।