काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो ।

ADVERTISEMENT

तामाङले जापान पठाइदिन्छु भन्दै एकजनाबाट ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख, डिल्लीमानले दुईजनाबाट १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एकजनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिन्छु भन्दै तीनजनाबाट पाँच लाख ५० हजार ठगेका थिए ।