काठमाडौं । यो साता शेयर बजार परिसुचक नेप्से २७ सय ३८ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६४ दशमलव ४३ बिन्दुुमा खुम्चिएको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन खुलेकोमा लगातार तीन कार्य दिन ओरालो लागेको नेप्से पहिलो कारोबार दिन उकालो लागेको थियो । पाचौं कार्यदिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । जसले गर्दा यो साता गत साताको तुलनामा नेप्से सुचक तथा कारोबार रकम दुबै खुम्चिएको हो ।

यो साता तीन सय ५१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख १६ हजार सात सय ९२ पटकको कारोबारमा तीन करोड ८१ लाख ७९ हजार छ सय ८० कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम २१ अर्ब १८ करोड ३४ लाख ५३ हजार तीन सय चार ७६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैंयाँले कम हो ।

ADVERTISEMENT

गत साता तीन सय ५१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार पाँच लाख दुई हजार छ सय ७९ पटकको कारोबारमा छ करोड ५८ लाख ११ हजार चार सय ९४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २९ अर्ब ३८ करोड ८८ लाख १० हजार नौं सय चार ८३ रुपैयाँ पुगेको थियो ।

ADVERTISEMENT

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक सात दशमलव १३ अंकले उकालो लागेर दुई हजार सात सय ९६ दशमलव ४३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले उकालो लागेर चार सय ६९ दशमलव ७२ बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक २६ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार सात सय ७० दशमलव २६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ५७ बिन्दुमा झरेको थियो । तेस्रो दिन बुधबार पनि नेप्से परिसुचक २५ दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव छ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ५१ बिन्दुमा झरेको थियो । चौथो दिन बिहिबार पनि नेप्से परिसुचक पाँच दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार सात सय ३८ दशमलव ७२ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य सात अंकले ओरालो लागेर चार सय ६४ दशमलव ४३ बिन्दुमा झरेको थियो । पाँचौं दिन शुक्रबार भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी परेकोमा शेयर कारोबार भएको संख्याको आधारमा भने नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

ADVERTISEMENT

दैनिक सेयर कारोबार तालिका