काठमाडौं । मंगलबार राति परेको वर्षाको कारण अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएपछि मंगलबार रातिदेखि सडक अवरुद्ध भएको थियो ।

स्थानीय सरकार र सडक डिभिजन कार्यालाय भक्तपुरको पहलमा डाइभर्सन पुनः निर्माण गरी यातायात सुचारु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

ADVERTISEMENT

मौसम पूर्वानुमान विभागका अनुसार अझै पनि पानी पर्ने सम्भावना रहेकोले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, आपतकालीन अवस्था सिर्जना भएमा वा बाटोको अवस्था बारेमा जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय, काभ्रेले अनुरोध गरेको छ ।

ADVERTISEMENT