धादिङ।  धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय धादिङले दिएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

ADVERTISEMENT

घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।