काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ । करिब तीन खर्ब रुपैया लगानी लाग्ने अनुमान गरिएको यो परियोजना मुलुककै लागि गौरवको परियोजना हुने उद्योेगपति एंव संघीय सांसद विनोद चौधरीले जानकारी दिनुभयो ।

र्जमन कम्पनीले डिपिआर तयार गरिसकेको छ भने लगानी बोर्डले सो डिपिआर अध्ययन गरिररहेको उहाँले जानकारी दिनुभयो । देशभित्र मल कारखाना  स्थापनाले हरेक वर्ष किसानले भोग्दै आएको मलको आपूर्ति सहज हुने बताइएको छ ।

ADVERTISEMENT

यसले तिन सय मेगावाट विद्युुत खपत गर्ने भएकाले नेपाली विजुलीले थप बजार पाउने विश्वास गरिएको छ । मुलुकभित्र मल कारखाना स्थापना गर्ने भनेर चर्चा भएपनि अहिले सम्म स्थापना हुन सकेको छैन ।

ADVERTISEMENT

स्वदेशमा मल उत्पादन नहुुँदा वर्षेनी अरबौ रुपैया रासायनिक मलका लागि बाहिरिने गरेको छ । माग अनुसार मलको आपूर्ति नहुुँदा वर्षेनी धान राप्ने बेला किसानले मलको अभाव खेप्नुपरेको छ ।