काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी किरण पण्डितले पाएका छन् । भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक रहेका पण्डितले २१ जेठदेखि लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक सहित प्रवक्ताको भुमिकामा रहेका रामु पौडेलेको मुद्रा व्यवस्थापन विभागमा सरुवा भएसँगै उनलाई प्रवक्ताको जिम्मेवारीबाट समेत हटाइएको हो ।

पण्डितसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरीवेक्षण विभाग र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा काम गरेको अनुभव छ । पण्डित २०६२ देखि राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए ।