काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि डिजेल र मट्टीतेलका साथै हवाई इन्धनमा मूल्य बढाएको थियो ।
नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजलरमट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । नेपालमा धेरैपछि पेट्रोलभन्दा डिजलरमट्टीतेल महँगो भएको छ ।
प्रदर्शनकारीले युद्धको मार करको भार, जनता त मरे नि सरकार, नयाँ सरकार कर उपहार धन्यवाद बालेन, नयाँ वर्षको उपहार महँगी नदेऊ सरकारलगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।









