काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा कायम भएको छ।

आज कारोबार रकम पनि घटेको छ। दुई करोड सात लाख कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ३१ करोड कारोबार भएको छ । बुधबार १० अर्ब ५३ करोड करोडको कारोबार भएको थियो।

ADVERTISEMENT

आज ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घटेको छ । बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक १० प्रतिशतले बढे भने होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर ९.९९ प्रतिशत बढे।

ADVERTISEMENT

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर छन्।

सबै समूहका उपसूचक घटेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो। बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९० उत्पादन तथा प्रशोधन १।५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८ प्रतिशत घटे।

ADVERTISEMENT