काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्धारित निर्वाचन स्थगित गरिएको छ। चैत २९ र ३० गतेका लागि तय गरिएको चुनाव उच्च अदालत पाटनको अन्तरिम आदेशपछि रोकिएको हो।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलाशले अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशसँगै महासंघको निर्वाचन प्रक्रिया तत्कालका लागि अवरुद्ध भएको छ। मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचन प्रक्रिया अघि बढाउन नपाइने जनाइएको छ।








