काठमाडौैं । पाँच वर्षअघि कोभिड संक्रमणका कारण सामाजिक दूरी कायम राख्नुपर्दा सामाजिक र आर्थिक क्षेत्रमा ठूलो असर गरेको थियो । यसपटक पश्चिम एसियामा डेढ महिनादेखि चलेको युद्धका कारण ऊर्जा संकटले आर्थिक अवस्था भयावह हुने संकेत देखिएको छ ।

इरान–इजरायल–अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको संकट समाधान गर्न सरकारले मितव्ययिता अपनाउन जनतालाई आग्रह गर्ने भएको छ । सरकारले घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘वर्क फ्रम होम’का लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्। मन्त्री रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिइन् । त्यसका लागि थोक ब्रिक्री नियन्त्रण र उच्चपदस्थको इन्धन कटौतीसमेत भइसकेको बताइन् ।

‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती गरिसकेको अवस्था छ । आवश्यक परे जोर बिजोर प्रणाली पनि यो सरकारले लागू गर्नेछ । सरकारले जनतासँग वर्क फर्म होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।’

ऊर्जा बचत गर्न र संयमित हुन आग्रह गर्दै सरकारले भनेको छ, ‘आवश्यक परे जोर विजोर प्रणाली पनि सरकारले लागू गर्ने छ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ।’