वीरगञ्ज (पर्सा)। जिल्ला प्रहरी कार्यालय पर्साले अमानवीय ढंगले आफ्नी पत्नीको खुट्टा काट्ने ३० वर्षीय विश्वनाथ सहनीलाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिँदै, सहनीलाई शनिबार नियन्त्रणमा लिइएको बताएका छन्।

घटना गत चैत १ गते पर्सागढी नगरपालिका–३, बिरुवा टोलमा भएको थियो। सहनीले आफ्नी पत्नी हरिकलादेवीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी बाँया खुट्टाको पैतलाभन्दा माथि भाग छिनिने गरी घाइते बनाएका थिए।

ADVERTISEMENT

घाइते महिलालाई तत्काल बारास्थित एलएस न्यूरो अस्पतालमा प्राथमिक उपचार गराइएको थियो। प्रहरीले घटनापछि फरार रहेका सहनीलाई खोजतलास गरी पक्राउ गरेको हो।प्रहरी स्रोतका अनुसार, आरोपीविरुद्ध कडा कानुनी कारबाही अगाडि बढाइने छ। स्थानीयवासीहरू घटनाले समाजमा चासो र आतंक सिर्जना गरेको भन्दै सुरक्षा सुदृढ गर्न प्रहरीलाई आग्रह गरेका छन्।सहनीविरुद्ध आवश्यक प्रमाण संकलन गरि न्यायिक प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।

 

ADVERTISEMENT