काठमाडौं। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ले नेपाली सेनाका चार जना कमान्डरमाथि कारबाही सिफारिस गरेको छ।आयोगले आन्दोलनका क्रममा विभिन्न संवेदनशील स्थानहरूको सुरक्षा प्रभावकारी रूपमा गर्न नसकेको निष्कर्ष निकाल्दै ती स्थानमा खटिएका सेनाका टोली प्रमुखहरूलाई कारबाही गर्न सुझाव दिएको हो।

कारबाही सिफारिसमा पर्नेहरूमा राष्ट्रपति भवन शीतल निवासमा खटिएका सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा खटिएका प्रमुख सेनानी गणेश खड्का तथा संसद् भवन र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर बानेश्वरमा खटिएका सेनानी सन्तोष ढुङ्गेल रहेका छन्।आयोगले उनीहरूमाथि सैनिक ऐन २०६४ को दफा १०५ अनुसार कारबाही गर्न सिफारिस गरेको हो।

ADVERTISEMENT

प्रतिवेदनमा उल्लेख गरिएको छ कि ती चारवटै स्थलको सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन नसकिएको देखिएकाले सम्बन्धित कमान्डरहरू कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आधार देखिएको छ।जेनजी आन्दोलनका क्रममा सुरक्षामा भएको कमजोरीबारे छानबिन गर्न गठन गरिएको आयोगले घटनाको समग्र समीक्षा गर्दै जिम्मेवार पक्षमाथि कारबाही अघि बढाउन सुझाव दिएको हो।

 

ADVERTISEMENT