काठमाडौं। “स्मार्ट मनि टक” भन्ने मूल नारा सहित  ग्लोबल मनि विक–२०२६ को अवसरमा प्रभु बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। बैंकको कमलादी शाखाको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकका उच्च पदाधिकारी, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा समेत सहभागी भएका थिए। प्रभातफेरी कमलादीस्थित शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी क्षेत्र हुँदै पुनः सोही स्थानमा पुगेर समापन गरिएको थियो।

ADVERTISEMENT

यात्राका क्रममा सहभागीहरूले “स्मार्ट मनि टक” भन्ने मूल नारासहित वित्तीय अनुशासन, बचतको महत्व र जिम्मेवार आर्थिक व्यवहारसम्बन्धी सन्देश बोकेका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए। कार्यक्रमले सर्वसाधारणमा बचतको बानी विकास गराउने र वित्तीय ज्ञान विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ।

प्रभु बैंकले देशभर फैलिएको शाखा सञ्जालमार्फत लाखौं ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय र सहज सेवा विस्तार गर्दै बैंक प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै लगिरहेको जनाएको छ।

ADVERTISEMENT

यस किसिमका कार्यक्रममार्फत वित्तीय सचेतना अभिवृद्धि गर्दै जिम्मेवार आर्थिक व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बैंकको भनाइ छ।