काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले नयाँ प्रणाली लागू हुँदा राहदानी वितरण सेवा अस्थायी रूपमा प्रभावित हुनसक्ने चेतावनी दिएको छ। विभागका अनुसार, हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म राहदानी वितरण सेवा प्रभावित हुन सक्छ।

अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट दिइने राहदानी सेवा करिब एकदेखि तीन हप्तासम्म बन्द हुनसक्ने छ भने विभागबाट प्रदान गरिने सेवा करिब एक हप्तासम्म प्रभावित हुनसक्ने विभागले जनाएको छ।

ADVERTISEMENT

नयाँ प्रणाली कार्यान्वयन भएपश्चात प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म समय लाग्ने अनुमान गरिएको छ। यस क्रममा जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीहरूले राहदानी तयार हुन र वितरण हुन हालको भन्दा बढी समय लाग्न सक्नेछ।

ADVERTISEMENT

यसलाई मध्यनजर गर्दै विभागले आगामी ६ महिनाभित्र (अर्थात् २०८३ असोज भित्र) राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूले प्रणाली संक्रमण सुरु हुनु अघि नै आवेदन दिन अनुरोध गरेको छ। साथै नयाँ प्रणाली सुरू हुने मिति र त्यस अवधिमा गरिने व्यवस्थाबारे अर्को सूचनामार्फत जानकारी गराइने विभागले जनाएको छ।

राहदानी विभागले सेवाग्राहीलाई सुझाव दिएको छ कि आवश्यक राहदानीको आवेदन अग्रिम रूपमा दिइसकेका वा प्राप्त गरिसकेका हुनाले, प्रणाली संक्रमणका बेला सेवामा अवरुद्धता हुँदा प्रभावित नपरोस्।

ADVERTISEMENT