काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन्।महर्जनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने जबराले १३ हजार ५२० मत ल्याएका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल ६ हजार ५४६ मतसहित तेस्रो स्थानमा रहे। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनिल महर्जनले १ हजार ९६४ मत प्राप्त गरेका छन्।

मतगणना सम्पन्न भएसँगै महर्जन ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।