म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता लिएका छन्।
हालसम्म ८ हजार ९७५ मत गणना हुँदा पुनले ३ हजार ७४० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले १ हजार ५२८ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार थापाले १ हजार ३२० मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २८८ मत प्राप्त गरेका छन्।
मतगणना कार्य जारी रहेको र आगामी परिणामले थप स्पष्ट तस्वीर दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।