पाल्पा । पाल्पा जिल्लामा प्रतिनिधिसभा सदस्य चयनका लागि आज मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ।
जिल्ला निर्वाचन आयोग पाल्पाका अनुसार बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहपूर्वक लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचन आयोगले जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। हालसम्म कुनै अप्रिय घटना नघटेको र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।







