काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ र वैकल्पिक शक्ति भन्दै आएको छ । साढे तीन वर्षअघि स्थापना भएको पार्टीले अहिलेसम्म आफ्नो महाधिवेशनसमेत गर्न सकेको छैन । सहकारीलगायत सम्पत्ती शुद्धीकरण विभागमा मुद्दाको चाङ लागेका रवि लामिछाने रास्वपाका सभापति छन् ।

तीन वर्षअघिको निर्वाचनमा सात प्रत्यक्ष र १४ समानुपातिक गरी २१ सिट जितेको रास्वपाले उपचुनावमा थप एक सिट जितेको थियो । तर पनि नयाँ पार्टीको नारा लिएर चुनावी मैदानमा होमीए पनि रास्वपामा ८३ जना उम्मेदवार अन्य पार्टीबाट प्रवेश गरेका पाइएको छ ।

ADVERTISEMENT

रास्वपाले यसअघि जान्नेलाई छान्ने र नो नट अगेनको नारा लिएको थियो । सो नाराअनुसार कार्यान्वयन गर्न नसकेपछि रास्वपाले नयाँलाई छानौं भन्ने नारा दिएको छ । नयाँलाई छानौ भन्दै गाउँगाउँ गएको रास्वपामा पुराना दलबाट आएका ८३ जना उम्मेदवारहरू पुरानै अनुहारका रहेको पाईएको छ ।

रास्वपामा फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ, मिङ्मा शेर्पा संखुवासभा, दिनेश भण्डारी धनकुटा, वसन्त भट्ट रसुवा, शिशिर खनाल काठमाडौं-६, स्वर्णिम वाग्ले तनहुँ-१, श्रीराम न्यौपाने तनहुँ-२, सागर भुसाल पर्वत, विमल पन्त पाल्पा-१, माधव थापा पाल्पा-२, विक्रम खनाल परासी-१, नरेन्द्रकुमार गुप्ता परासी-२, देवराज पाठक दाङ-१, खगेन्द्र सुनार बाँके-३, टेकबहादुरसिंह ठकुरी सुर्खेत-१, रमेश सापकोटा सुर्खेत-२, राजेशसिंह सामन्त दार्चुला, हरिमोहन भण्डारी बैतडी, जनकसिंह धामी कञ्चनपुर-१, मनीष झा धनुषा-३, अमरेशकुमार सिंह सर्लाही-४, गणेश धिमाल-बारा १, रमाकान्त चौरसिया पर्सा-३, सीताराम साह सप्तरी-४, राज्ञमणि न्यौपाने मोरङ-१, रुद्र गिरी खोटाङको उम्मेदवार बनेका छन् ।

एमालेबाट सुरेन्द्र कार्की तेह्रथुम, धनेन्द्र कार्की सिन्धुली-१, हरि ढकाल चितवन-१, सुनील लम्साल रूपन्देही-१, सुलभ खरेल रूपन्देही-२, देवसिंह ऐडी डोल्पाका रहेका छन । यस्तै, एनके बस्नेत दैलेख -१, भरत पराजुली सिन्धुपाल्चोक-१, डा.तारा जोशी डडेलधुराबाट एमाले छोडेर रास्वपा छिरेर उम्मेदवार बनेका छन् ।

यस्तै, तत्कालीन माओवादीबाट बोधनारायण श्रेष्ठ धादिङ-२, सोविता गौतम चितवन-३, ललितकुमार चन्द सल्यान, मनबहादुर शाही पश्चिम रुकुम, आनन्द चन्द कैलाली-५, नरेन्द्रसाह कलवार सर्लाही-३, धीरज पटेल रौतहट-३, रहवर अन्सारी बारा-४ का रहेका छन । टेक शाक्य पर्सा-४, राजन गौतम नवलपुर-१ बाट माओवादी छोडी रास्वपा प्रवेश गरेका हुन । दीपककुमार साह सुनसरी जनमत पार्टी, रञ्जु दर्शना काठमाडौं-१ विवेकशील, सुनील केसी काठमाडौं-२ राप्रपा, पुकार बम काठमाडौं-४ विवेकशील, विराजभक्त श्रेष्ठ काठमाडौं-८ विवेकशील पार्टीबाट रास्वपा प्रवेश गरी उम्मेदवार बनेका छन् ।

बदनकुमार भण्डारी काभ्रे-२ एकीकृत समाजवादी, सुरेश चौधरी बाँके-१ नाउपा, जगतप्रसाद जोशी कैलाली-३ जनमोर्चा, डा. शम्भु यादव सिराहा-३ जसपाका छन् । खडकराज पौडेल कास्की-१ जनमोर्चा, रामविनोद साह धनुषा-२ मधेशवादी, चन्दन सिंह बारा-१ राष्ट्रिय जनता पार्टी, सुशीलकुमार कानु पर्सा-२ जसपा र महेन्द्रविक्रम शाम्सुहाङ पाँचथर एकीकृत समाजवादीबाट रास्वपा छिरेर उम्मेदवार बनेका छन् ।
पछिल्लो समय बालेन्द्र साह बालेनको समूहबाट आएका व्यक्तिहरू पनि विगतमा विभिन्न पार्टीबाट आएका हुन् । आधाभन्दा बढी उम्मेदवार अन्यत्र दलबाट आएका नेता भए पनि रास्वपाले आफूलाई नयाँ दल भन्ने रटान लगाउन छाडेको छैन ।