काठमाडौं। भारतीय बजारमा टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक यस यु भी पन्च इभी ( SUV Punch EV) को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। नयाँ मोडलले ब्याट्री क्षमतामा विस्तार, परिमार्जित डिजाइन तथा अन्य प्राविधिक सुधारका साथ बजारमा स्थान बनाउने लक्ष्य राखेको छ।
कम्पनीले फेसलिफ्ट गरिएको पन्च इभीको मूल्य एक्स-शोरुम ९ लाख ६९ हजार रुपैयाँदेखि १२ लाख ५९ हजार रुपैयाँसम्म निर्धारण गरेको छ। यो मूल्य नयाँ मोडललाई पुरानो संस्करणको तुलनामा करिब ३० हजार रुपैयाँ कम सुरु गरिएको छ। साथै कम्पनीले विकल्पमार्फत ६ लाख ४९ हजार रुपैयाँदेखि पनि गाडी लिन सकिने योजना अघि सारेको छ, जसले प्रारम्भिक लागत घटाउने अवसर प्रदान गर्छ।
नयाँ फेसलिफ्ट मोडलले दुई प्रकारका ब्याट्री प्याक ३० किलोवाट आवर र ४० किलोवाट आवर उपलब्ध गराएको छ। ठूलो ४० किलोवाट आवर ब्याट्रीले कम्पनीको दावी एकपटक चार्जमा ४६८ किलोमिटरको यात्रा क्षमता दिन सक्छ भने वास्तविक-संसारमा ३५० किलोमिटर जति रेन्ज प्राप्त हुने अपेक्षा गरिएको छ। सानो ३० किलोवाट आवर ब्याट्रीले पनि लगभग ३६५ किलोमिटरको दूरी तय गर्न सक्ने बताइएको छ।
४० किलोवाट आवर मोडलमा एकल फ्रन्ट मोटरले १२९ हर्सपावर पावर र १५४ एनएम टर्क उत्पादन गर्न सक्षम भएको छ। गाडीमा तीनवटा ड्राइभ मोड– इको, सिटी र स्पोर्ट – उपलब्ध छन् भने चार तहसम्मको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले ऊर्जा पुनःप्राप्ति प्रभावकारितामा मद्दत गर्छ।
नयाँ पन्च इभीले DC ६५ किलोवाट आवर फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेटमात्र समय लाग्ने कम्पनीले जनाएको छ। यसरी छोटो समयमै चार्जिङ गर्दा लामो दूरीका यात्रामा सहजता बढ्ने अपेक्षा गरिएको छ।
फेसलिफ्ट मोडलको बाहिरी भागमा परिमार्जन गरिएको छ

– अगाडि नयाँ डिजाइनको क्लोज्ड-ग्रिल, सफा लुकका बम्पर, १६ इन्चको एरो-अप्टिमाइज्ड एलोय ह्वील्स तथा वाई -आकृतिको एल ई डि ( LED) डेटाइम रनिङ लाइट राखिएको
छ। पुरानो मोडलमा रहेका केही ब्ल्याक ट्रिम हटाइएको भए तापनि चार्जिङ पोर्टको डिजाइन र आधुनिक एल ई डि सुविधाहरू जस्ताका त्यस्तै छन्।
कम्पनीले नयाँ फेसलिफ्ट पन्च इभीलाई भारतमा डिजिटल सुविधामार्फत ईभि बजारमा प्रतिस्पर्धी बनाउन प्रयासरत रहेको बताएको छ। फेसलिफ्ट मोडलमा सुचारु बुकिङ कार्यक्रम सुरु भइसकेको र छिटै गाडी वितरण सुरु हुने कम्पनीले जनाएको छ।








