काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–निजगढ फास्ट ट्रयाक अवलोकन भ्रमणमा निस्किएकी छन् ।

राष्ट्रिय गौरव परियोजनाको रुपमा रहेको काठमाडौं–निजगढ फास्ट ट्रयाक अवलोकनका लागि टोलीसहित उनी मंगलबार बिहानै गएकी हुन् । परियोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

ADVERTISEMENT

२०७४ सालदेखि निर्माण सुरु भएको फास्ट ट्रयाक अहिलेसम्म पूरा हुन सकेको छैन । सेनाले २०८३ चैतसम्म सञ्चालनमा ल्याउने बताइसकेको छ ।

प्रधानमन्त्री कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् ।

ADVERTISEMENT

“स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन् । प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।