काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ता समूहलाई एक दिने तालिम दिएको छ ।

प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्ताहरुलाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिएको हो । सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्ने उपायबारेमा तालिम प्रदान गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्ताहरुलाई आफ्नाे पेसामा उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजनामार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्ष्यमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।

ADVERTISEMENT

कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय भएका अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् ।

सहभागी अभिकर्ताहरुले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराइदिएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफूले गरेको मेहेनत कदर भएको बताएका थिए ।