काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिक गर्न र समानुपातिक बन्दसूची सच्याउन निर्वाचन आयोग पुगेका छन् ।
बिहीबार दिउँसो थापा र शर्मासँगै उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, नानु बास्तोला आयोग पुगेका छन् ।
तीन दिनअघि विशेष महाधिवेशन जारी रहेकै समयमा थापा समूह आयोग पुगेर ५४ प्रतिशत महाधिवेशन पक्षधरले बोलाएको विशेष महाधिवेशन भइरहेको निवेदन दिएको थियो ।
जसलाई निर्वाचन आयोगले नोटमा लिएको छ । बुधबार मात्र शेरबहादुर देउवा कांग्रेसले गगन, विश्वप्रकाश र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको भन्दै कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।








