काठमाडौँ। नेपाली कांग्रेसका संस्थापन नेता श्यामकुमार घिमिरेले पार्टीभित्रको विवाद समाधानका लागि नेताबीच चलिरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिएका छन्।

सानेपा, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै घिमिरेले भने, “वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौँ। आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौँ, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौँ।”

ADVERTISEMENT

उनले थपे कि, वार्ता प्रक्रिया चलिरहँदा केन्द्रीय समितिको बैठक समयमै सुरु हुन सकेको छैन। दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक यस समाचार तयार हुँदा सम्म सुरु हुन सकेको छैन।

ADVERTISEMENT

यसैबीच, कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र अझै जारी छ।