काठमाडौं। शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’ अध्यक्षमा चयन भएका छन्। साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि पूर्ण कार्यसमिति गठन गरेको हो।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी निर्वाचित भएका छन्। महासचिवको जिम्मेवारी भवनाथ हुमागाइँले पाएका छन् भने सहसचिवमा सुरज सिलवाल र आशिक कार्की चयन भएका छन्।
यसैगरी कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्। कार्यसमितिका सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना रहेका छन्।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उक्त साधारणसभाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरेका थिए। नयाँ नेतृत्वले शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, व्यावसायिक र विश्वसनीय बनाउने विश्वास रहेको मन्त्रि खरेलले व्यक्त गरे।