काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।

पार्टीका केन्द्रीय समितिको बैठकपछि नेकपाले स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालेको हो। जसअनुसार नेकपाले धमाधम टिकट वितरण गरिरहेको छ ।

ADVERTISEMENT

पार्टी नेतृत्वका अनुसार राष्ट्रियसभा निर्वाचनमा आफ्नै शक्ति र संगठनको आधारमा प्रतिस्पर्धा गर्ने नीति लिइएको छ। नेकपाले कांग्रेस र एमालेबीच सम्भावित सहकार्यको चर्चा चलिरहेका बेला समेत आफूहरू त्यसमा संलग्न नहुने बताएको छ।

ADVERTISEMENT

कांग्रेस र एमालेबीच राष्ट्रियसभा निर्वाचनमा तालमेलका बारेमा केही दिनअघिदेखि अनौपचारिक संवाद भइरहे पनि नेकपाले त्यसलाई अस्वीकार गरेको बताएको छ । नेकपाले चार सिट मागेकाे तर एमालेले तीन मात्र दिएपछि गठबन्धन भाँडिएकाे हाे ।

राष्ट्रिय सभा निर्वाचन मार्फत १८ जना सदस्य निर्वाचित हुने र एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा तीन दलीय गठबन्धनले उम्मेदवारको टुंगो लगाएका छन् । तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली कांग्रेसले दाङका वासुदेव जंगली र एमालेले गुल्मीकी रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।