काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीसंग जाँचबुझ आयोगले नाटकीय बयान लिएको छ।

जाँचबुझ आयोगका एक सदस्यले ओलीले आयोगका  प्रतिनिधिलाई ‘स्टेटमेन्ट’ दिएको बताएका छन्। आयोगले आज ओलीलाई बयान दिनका लागि औपचारिक पत्र काटेको थियो। पत्र बुझाउन गएको टोलि समक्ष ओली आफ्नो बयान दिन तयार भए पछि उनको बयान लिएर आयोगका प्रतिनिधि फर्किएका छन्।

ADVERTISEMENT

आयोगका सदस्यका अनुसार ओलीले मौखिक नभई लिखित रुपमा आफ्नो बयान प्रस्तुत गरेका छन्। ओली निकटस्थहरुले ओली लिखित बयान दिन तयार भएको संकेत प्राप्त गरेपछि पत्र पुर्याउने भन्दै आयोग ओली निवास पुगेको हो। जहाँ ओलीले आयोगका प्रतिनिधिलाई पहिलै तयार परेर राखेको आयोगको सम्भावित प्रश्नहरुको जवाफ थमाई दिएका थिए।

ADVERTISEMENT

अत्यन्त नाटकीय स्वरुपमा भएको यो बयानमा के प्रश्नहरु सोधिएको थिए ? उनलाई प्रश्नहरु पहिला नै कसरी थाहा भयो ? र आयोगले पत्र उपस्थित भएर दिने मौखिक बयानका लागि काटेको थियो वा लिखित बयानका लागि भन्ने कुरा अझै गोप्य राखिएको छ।