काठमाडौं । नागरिक लगानी कोषका सहभागीले मौलाकालिका अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
मौलाकालिका अस्पताल भरतपुरले नागरिक लगानी कोषका सेयरधनी र कर्मचारीहरूलाई सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
विशेष छुटसम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ ।
अस्पतालमा पाउने छुटका लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।






