जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टीका रामआशिष यादव विजयी भएका छन् ।

सात दलीय गठबन्धनले उम्मेदवार बनेका यादवले प्रदेश सभामा ७२ मत पाएर विजयी बनेका हुन् । मतदानमा ९६ सांसद सहभागी थिए ।

प्रदेश सभाबाट सत्ता पक्षका यादवलाई निर्वाचित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि एमालेको तर्फबाट सभामुखको उम्मेदवार बनेका त्रिलोकी प्रसाद चौधरीको प्रस्ताव निर्णयार्थ पेस गरिएन ।

यादव जसपा नेपालबाट धनुषा–२ (क) बाट निर्वाचित सांसद हुन् । यसअघि मधेशका निवर्तमान सभामुख रामचन्द्र मण्डललाई आचरणविरुद्धको कार्य गरेको आरोपमा संसद्को दुई तिहाइबाट पदमुक्त गरिएको थियो ।