काठमाडाैं । टुकुचा खोला पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोगअन्तर्गत यो परियोजना सञ्चालनमा छ।

ADVERTISEMENT

एसियाली विकास बैंकको ऋण सहयोगमा करिब एक अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२७ सम्म सम्पन्न हुने लक्ष्य राखिएको थियाे । साथै पाँच वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ।

ADVERTISEMENT

परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाता EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली रहेको छ।

केही दिनअघि सहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए।

ADVERTISEMENT

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी