काठमाडौं । भृकुटीमण्डपमा शुक्रबारदेखि एघारौं संस्करणको ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ हुँदैछ । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि. ले संयुक्त रुपमा आयोजना गरेका छन् ।

पुस ६ गतेसम्म चल्ने अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय सहभागिता रहनेछ ।

ADVERTISEMENT

प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्यातिप्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी १० वषदेखि कोसेढुंगा सावित हुँदै आएको छ ।

ADVERTISEMENT

एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एसोसिएसन नेपाल छन् ।

प्रदर्शनीमा इन्टेरियर डिजाईनर एसोसिएसन नेपालका विज्ञहरुद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाइन, फनिर्चरलगायत विभिन्न शीर्षकमा दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस् तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने छ ।

प्रदर्शनीले नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादनसम्बन्धी कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।