काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन् ।

लिङ्देनले शुक्रबार गिरीलाई पार्टीका उपाध्यक्ष गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । पदमुक्त गर्नुको कारण भने केही खुलाइएको छैन । तर गिरीसहित चार नेताले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनमाथि स्वेच्छाचारी क्रियाकलाप गरेको आरोप लगाएका थिए ।

ADVERTISEMENT

लिङ्देनले विधान उल्लंघन गरेर अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाएकोमा चार नेताले आपत्ति जनाएका थिए । जसमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाही छन् ।

ADVERTISEMENT

विधानको व्यवस्था अनुरुपको विधि, संख्या र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको थियो, ‘विधानको अक्षरशः पालना हामी सबैको प्रमुख कर्तब्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुस्खद घटनाक्रम हो ।’ अब अरु नेतामाथि पनि कारबाही हुने बुझिएको छ ।