काठमाडौं , कामना सेवा विकास बैंक र क्याफेओफिलियाबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफेओफिलियामा फुड तथा वेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेका फ्रेन्चाइज ओनर सदीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध ग्राहक तथा कर्मचारीहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।





