काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हटाउने तेस्रो पक्ष भएको टिप्पणी गरेका छन् । उनले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको बताएका छन् ।
महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यलो नेपाल पार्टी घोषणा गरेकामा इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’
पोखरेलले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी ओलीको भएको दाबी गर्दै आएका छन् । त्यसको कार्यान्वयन भने तत्कालीन माओवादीले गरेको उनको संकेत छ ।






