चितवन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।

‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ उनले भने । पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुंगो नभएको उनको भनाइ छ ।
कम समय भए पनि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।

महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एकजना लड्छौँ ।