काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनका बुवा रामनारायण साहको निधन भएको छ । उपचारका क्रममा उनको सोमबार बिहान निधन भएको हो ।
पिसाबमा संक्रमण देखिएपछि साहलाई आइतबार बिहानै नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा उनको सोमबार निधन भएको हो ।
साहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको र त्यसको असर मस्तिष्कमा देखिएको थियो । जसकारण उनी अचेत अवस्थामा थिए ।
अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार पिसाब संक्रमण फैलिदा अन्य अंगहरुमा असर पुगेपछि निधन भएको हो । साह ७६ वर्षका थिए ।
साहलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान सिभिल अस्पताल पुगेकी थिइन् ।








