काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कुल ८.४६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हाल कायम चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार ५ सय रुपैयाको ८.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

साथै, नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी तेह्रौं वार्षिक साधारण सभाले पारित गरे पश्चात् वितरण गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT