काठमाडौं। सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल रक्षा सचिव छन् ।

मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहद पूरा गरेर अनिवार्य अवकाशमा जाने भएकाले सरकारले सोमबार नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।

ADVERTISEMENT

अर्याल हाल सचिवहरूको वरिष्ठताक्रममा पहिलो नम्बरका सचिव हुन् । उनैलाई सरकारले मुख्सचिव नियुक्त गरेको हो । प्रतिष्पर्धामा झन्डै आधा दर्जन सचिव रहे पनि सरकारले अर्याललाई नै नियुक्त गरेको हो ।

अर्याल यसअघि राष्ट्रिय योजना आयोगको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका छन् ।

ADVERTISEMENT

प्रशासनिक सुधार, नीति निर्माण र संघीय संरचनामा अर्यालले व्यावहारिक नेतृत्व देखाएको बताइन्छ ।