काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन  (नेपाल) लिमिटेडले एक करोड एक लाख रुपैयाँ पुनर्निमाण कोषमा सहयोग गरेको छ ।
सरकाले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार कम्पनीको  तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले  एक करोड एक लाख रकम बराबरको भौचर अर्थमन्त्री  रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन ।

यस्तै भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी पचहत्तर लाख रुपैयाँ सहयोग गरेको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका हुन ।

ADVERTISEMENT

कोषमा  आइतबार सम्म ९ करोड ३० लाख जम्मा भएको अर्थमन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT