काठमाडौँ । क्लाउडफ्लेयरको प्राविधिक अवरोधका कारण विश्वभरका धेरै ठूला वेबसाइट र सेवाहरू केही समय बन्द भए ।
यस अवरोधले ओपन एआईको च्याट जिपीटी, ई–कर्मश प्लेटफर्म र एलन मस्कको सामाजिक सञ्चालन समेत प्रभावित भएका हुन ।
यसको असरले मंगलबार साझ दुई घन्टा नेपालका धेरै वेबसाइटहरू समेत बन्द हुुँदा प्रयोगकर्ता प्रत्यक्ष मारमा परे । अहिले भने सो समस्या समाधान भई वेबसाइटहरु खुलेका छन ।
क्लाउडफ्लेयरका प्रवक्ताका अनुसार, समस्याको केही समयअघि उनीहरूले आफ्नो एक सेवा प्रणालीमा “असामान्य ट्राफिकको ठूलो वृद्धि” दर्ज गरेका थिए, जसकै कारण यो त्रुटि देखा परेको बताइएको छ।






