काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा औद्योगिक उत्पादन सूचक (IPI) न्यून वृद्धि देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार उद्योग क्षेत्रमा २–३ प्रतिशतको मात्र वृद्धि भएको प्रतिवेदनले संकेत गर्छ।
निर्माण सामग्री, खाद्य उद्योग, पेय पदार्थ, रसायन तथा मेटल उद्योगमा उत्पादन सुस्त हुँदा समग्र सूचक कमजोर भएको जनाइएको छ।


